उच्च घनत्व प्रविधिको स्याउ बगैेंचाकाे लागि उन्नत जातका विरुवाहरू - Arjun Dev Jnawali

Thursday, July 15, 2021

उच्च घनत्व प्रविधिको स्याउ बगैेंचाकाे लागि उन्नत जातका विरुवाहरू

 

 
जोमसोम : गण्डकी प्रदेश सरकारले स्याउको खेती गर्ने किसानलाई इटालियन स्याउका बिरुवा वितरण गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार मुस्ताङका किसानलाई २ करोड ५० लाख मूल्यबराबरको २६ हजार ३ सय ७८ थान  उच्चघनत्वकोस्याउका बिरुवा वितरण गरेको हो । 

मुस्ताङमा गण्डकी प्रदेशले यो वर्ष अहिलेसम्मकै ठूलो परिमाणमा उच्चघनत्वको स्याउको बिरुवा किसानलाई वितरण गरेको हो ।गण्डकी प्रदेशले ठेक्का सम्झौतामार्फत इटालीबाट उच्चघनत्वको स्याउका बिरुवा आयात गरी अनुदान सहुलियतमा किसानलाई वितरण गरेको हो । मुस्ताङका विभिन्न किसान,समूह,सहकारी र स्याउ फार्महरूले यसअघि गरेको मागका आधारमा प्रदेशले उच्चघनत्वको स्याउ बिरुवा वितरण गरेको बताइएको छ ।

गत जेठभित्रै बिरुवा वितरण गर्नुपर्ने लक्ष्य भएपनि कोभिडका कारण असारको अन्तिम समयमा वितरण गरिएको हो । भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली,इन्टिग्रेटर सप्लायर्सका प्रतिनिधि सिकेन्द्र शाह बानियाँलगायतको टोलीलेस्याउ किसानलाई बिरुवा हस्तान्तरण गरेका छन् ।

मन्त्रालयले किसान समूहको मागको आधारमा उच्चघनत्व प्रविधिमा आधारित बगैंचा व्यवस्थापन गर्ने उद्देश्यले एम ¬—९ रुट स्टक कलमी गरिएको पाँच प्रकारका बिरुवा किसानलाई वितरण गरेको हो । मन्त्रालयले यसपटक आफैंले प्राविधिक तथा प्रतिनिधि खटाएर मुस्ताङका विभिन्न २६ वटा स्याउ किसान समूहलाई अनुदानमा बिरुवा वितरण गरेको जनाएको छ । 

मुस्ताङका स्याउ किसानलाई छिटो,छरितो उत्पादन दिनसक्ने वैज्ञानिक प्रविधिको फुजी,गाला, गोल्डेन,जोना प्रिन्स र किङ रोड जातका स्याउका बिरुवा अनुदानमा उपलब्ध गराएको मन्त्रालयका बागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले जानकारी दिए ।  इटालीबाट आयात गरिएको स्याउको बिरुवा मुस्ताङसम्म आइपुग्दा प्रतिबिरुवा ९ सय ५९ रुपैयाँमूल्य परेको ज्ञवालीले जानकारी दिए । 
पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छोडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो ।यस्तै मुस्ताङको खेर गइरहेको बाँझो जमिनमा समेत अहिले उच्चघनत्व जातको स्याउ खेती सुरु गर्न थालिएको छ ।सरकारले बिरुवामा अनुदान उपलब्ध गराए पनि स्याउ बगैंचा व्यवस्थापनमा अनुदान नदिएको मार्फाका स्याउ किसान राजु लालचनले जानकारी दिए । 

मुस्ताङमा भित्रिएको इटालियन जातको उच्चघनत्वको स्याउको बिरुवा स्थानीय रैथाने स्याउको बिरुवाभन्दा निक्कै पर्ने लालचनले बताए । उच्चघनत्वको एउटै स्याउको बिरुवाले २० देखि २५ किलोसम्म उत्पादन दिनसक्ने क्षमता राख्छ । एक हेक्टर जमिनमा लगाइएको एउटै उच्चघनत्वको स्याउ बिरुवाले ४० टनसम्म स्याउ उत्पादन दिन सक्छ । मुस्ताङमा गत वर्ष सात हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यो स्याउ बिक्री हुँदा सहरबाट ७० करोड रुपैयाँ मुस्ताङमा भित्रिएको थियो ।

स्रोत: http://annapurnapost.com/news/182967 

No comments:

Post a Comment